आईसीसी क्रिकेट विश्वकप २०२३ को फाइनलमा आज भारतले अष्ट्रेलिया सँग सामना गर्दै

Admin

नोभेम्बर 19, 2023 एकदिवीय क्रिकेट, क्रिकेट 2 min read
61 Views

काठमाण्डाै: आईसीसी क्रिकेट विश्वकप २०२३ को अन्तिम तथा फाइनल खेल मा भारतले अष्ट्रेलिया सँग सामना गर्दै छ जुन खेल अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा हुँदै छ ।

यो प्रतियोगिता अहमदाबादको १ लाख ३० हजार सिट भएको स्टेडियममा सम्पन्न हुनेछ, जुन विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान हो । खेल नेपाली समय अनुसार दिनको ठीक २:१५ बजे सुरु हुने छ ।

भारत र अष्ट्रेलिया दुवैले विश्वकपभर सर्बोस्कृष्ट प्रदर्शन गरेका छन् र यी टीमहरू अब क्रिकेटमा सबैभन्दा ठूलो सम्मान प्राप्त गर्नबाट मात्र एक कदम टाढा छन्।

पहिलो सेमिफाइनलमा प्रभावशाली अलराउन्ड प्रदर्शन गर्नुअघि आफ्ना ९ समूहका सबै खेल जितेर भारत फेभरेट बनेको छ।

भारतले न्यूजिल्याण्डलाई पहिलो सेमिफाइनलको खेलमा ७० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

त्यसो त गत विहीबार भएको दोश्रो सेमिफाइनलमा भएको खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको थियो ।

आइतवारको खेल विश्वकप क्रिकेटको फाइनलमा भारतको चौथो खेल हुनेछ। सन् १९८३ मा वेस्ट इन्डिज र २०११ मा श्रीलंकालाई हराएर अघिल्ला तीन मध्ये दुई जितेका छन् ।

अस्ट्रेलियाले यसअघि पाँच पटक विश्वकप जितेको छ र कीर्तिमानी आठौं पटक टूर्नामेंटको फाइनल खेल्ने तयारी गरेको छ ।

२०२३ को विश्व कपको फाइनल खेल खेल्ने दुवै टोलीका खेलाडीहरु:

भारत: रोहित शर्मा (कप्तान), श्रेयस अय्यर, शुभमन गिल, सूर्यकुमार यादव, विराट कोहली, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, इशान किशन (विकेट), केएल राहुल (विकेट), जसप्रित बुमराह, कुलदीप यादव, मोहम्मद शामी, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण

अष्ट्रेलिया टीम ११: प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, मार्नस लाबुस्चेन, स्टीभ स्मिथ, ट्राभिस हेड, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, मिचेल मार्स, शन एबोट, एलेक्स केरी (विकेटकीपर), जोश इंग्लिस (विकेटकीपर), एडम जाम्पा जोस हेजलवुड, मिचेल स्टार्क।

Leave a Reply

Your email address will not be published. Required fields are marked *