म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २-१ ले हरायो

Admin

कात्तिक ३, २०८२ फुट्बल २ मिनेट पढ्न लाग्ने
७५ भ्युज

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले लिभरपुललाई २–१ गोलले हरायो ।

यो जीतसँगै युनाइटेड आठ खेलमा १३ अङ्कसहित नवौं स्थानमा छ । समान खेलमा लिभरपुल १५ अङ्कसहित चाैंथो स्थानमा छ ।

यस्तै अर्को खेलमा एस्टन भिल्लाले टोटनहमलाई २–१ गोलले हरायो । यो जीतसँगै एस्टन भिल्ला आठ खेलमा १२ अङ्कसहित ११औं स्थानमा छ । समान खेलमा १४ अङ्कसहित टोटनहम छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ