फ्रेन्च ओपन: राफेल नाडल तेस्रो पटक पराजित, जोकोभिक फाइनलमा

Admin

जेठ ३०, २०७८ टेनिस २ मिनेट पढ्न लाग्ने
७५ भ्युज

काठमाडौं : राफेल नाडललाई पराजित गर्दै सर्वियन नोभाक जोकोभिक फ्रेन्च ओपन ग्लाण्ड्सलामको फाइनल पुगेका छन् ।

गएराति रोलान्ड ग्यारोमा भएको दोस्रो सेमिफाइनलमा जोकोभिकले नाडललाई ३(६, ६(३, ७(६, ६(२ ले पराजित गरेका हुन् । फ्रेन्च ओपनमा नाडल पराजित भएको यो तेस्रो पटक मात्र हो ।

कीर्तिमानी १३ पटकको फ्रेन्च ओपन विजेता नाडल यसअघि सन् २००९ मा रोविन सोडरलिङ र २०१५ मा जोकोभिकसँगै पराजित भएका थिए ।

३४ वर्षीय जोकोभिकले जितपछि फ्रेन्च ओपनमा यो आफ्नो अहिलेसम्मकै उत्कृष्ट खेल भएको बताएका छन् । ‘क्लो कोर्टमा जित्न तपाईँले उत्कृष्ट प्रदर्शन गर्नुपर्छ र यो मेरो अहिलेसम्मकै उत्कृष्ट खेल हो ।’

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ