सन् २०२५ को साफ च्याम्पियनसिप आगामी जुनमा हुने
काठमाडौं: साफ (पुरूष) च्याम्पियनसिप फुटबल श्रीलंकामा हुने भएको छ । मंगलबार काठमाडौंमा बसेको साफको कार्यसमिति बैठकले सन् २०२५ को साफ च्याम्पियनसिप श्रीलंकामा गर्ने निर्णय गरेको हो ।

श्रीलंकाले १७ वर्षपछि साफ च्याम्पियनसिप आयोजनाको अधिकार प्राप्त गरेको हो । साफ कार्यसमिति बैठकमा लागि काठमाडौ आइपुगेका श्रीलंका फुटबलका अध्यक्ष जसवर उमारले श्रीलंकाले आयोजना गर्ने पुष्टी गरेका हुन् ।
साफ च्याम्पियनसिप आगामी जुनमा हुनेछ । यसअघि होम अर अवे फर्म्याटमा साफ आयोजना गर्ने तयारी भइरहेपनि यस पटक सेन्ट्रलाइज्ड भेन्युमै साफ गर्न लागिएको हो ।
श्रीलंका फुटबल फेडेरेसनको प्रस्थानमा साफका सदस्यहरु राष्ट्रहरुले यो निर्णय गरेको श्रीलंका फुटबले जनाएको छ । श्रीलंकाको लागि यो ऐतिहासिक क्षण रहेको फेडेरेसनले जनाएको छ ।
READ ALSO:
पुरा समाचार पढ्न: यहाँ क्लिक गर्नुहोस…

